रुसले फेसबुकमाथि प्रतिबन्धको लगाएको केही दिनपछि ट्वीटर र युट्युबमाथि पनि प्रतिबन्ध लगाएको छ।
रुसी सञ्चारमाध्यम तासका अनुसार रुसको मिडिया नियामक रोस्कोनाडजोरले युट्युबमाथि प्रतिबन्धको निर्णय गरेको हो।
त्यस्तै अर्को रुसी सञ्चारमाध्यमक इन्टरफेक्सले रुसमा ट्वीटर प्रतिबन्धित भएको समाचार प्रकाशित गरेको छ।
मिडिया नियामकले आफ्नो वेबसाइटमा प्रकाशित गरेको सूचना अनुसार ट्वीटरको पहुँच सीमित पारिएको छ।
२४ फेब्रुअरीमा रुसको महाभियोजक कार्यालयको निर्णयअनुसार यस्तो कदम चालिएको वेबसाइटमा उल्लेख छ।
फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। रुसी कम्पनीमाथि प्रविधि कम्पनीहरुले पक्षपातपूर्ण व्यवहार गरेको रुसकाे आरोप छ।
फेसबुकको मातृ कम्पनी मेटाले आफ्ना अन्य प्लेटफर्महरु इन्स्टाग्राम र ह्वाट्सएप भने रुसमा चलिरहेको बताएको छ।
Shares
प्रतिक्रिया