ad ad

प्रविधि


चिनियाँ वैज्ञानिकद्वारा मिलिमिटर तरङ्ग भएको सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणाली विकास

चिनियाँ वैज्ञानिकद्वारा मिलिमिटर तरङ्ग भएको सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणाली विकास

नेपालखबर
माघ २७, २०७८ बिहिबार ११:७, काठमाडौँ

चिनियाँ अनुसन्धानकर्ताले सूर्यको बाहिरी भागको फुटेको क्षेत्रमा रहेको चुम्बकीय अवस्थाका बारेमा अनुपम जानकारी दिन मिलिमिटर तरङ्गगयुक्त सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणालीको विकास गरेको बुधबार चाइना साइन्स डेलीले उल्लेख गरेको छ। 

अधिकांश सौर्य रेडियो सुक्ष्म दर्शक यन्त्रहरू १८ गेगाहर्जभन्दा तल सञ्चालन हुन्छन् र माइक्रोवेभ स्पेक्ट्रमको पूर्ण आवृत्तिबारे थाहा पाउन सक्दैनन्।

शेन्डोङ विश्वविद्यालयका अनुसन्धाताहरूले ३५–४० गेगाहर्जमा सञ्चालन हुने उच्च आवृत्ति भएको माइक्रोवेभ स्पेक्ट्रम अवलोकन प्रणाली विकास गरेको बताएका हुन्। 

सौर्य ज्वाला अन्तरिक्ष मौसमको मुख्य विनाशकारी स्रोत हो। सौर्य प्रज्वलन र कणहरूको गतिबारे अनुसन्धानका साथै अन्तरिक्षमा हुने विपद्को प्रारम्भिक चेतावनी र पूर्वानुमानका लागि यो प्रणाली लागू गर्न सकिन्छ।

एस्ट्रोफिजिकल जर्नलमा हालै प्रकाशित अनुसन्धान लेखका अनुसार यस प्रणालीले २५ औँ सौर्य चक्रमा माइक्रोवेभ विस्फोट अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ। रासस/सिन्ह्वा
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .