अमेरिकी प्रविधि कम्पनी कम्पनी गुगलको मातृकम्पनी अल्फाबेटको सन् २०२१ को आम्दानी २ खर्ब डलर नाघेको छ।
सन् २०२१ मा विश्वव्यापीरुपमा देखिएको कोभिड–१९ को महामारी तथा आपूर्ति सञ्जालमा देखिएको समस्याले अल्फाबेटको आम्दानीमा कुनै असर नगरेको पाइएको हो।
सन् २०२१ को समग्र वर्षमा अल्फाबेटको आम्दानी वार्षिक हिसाबमा ४१ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब डलर पुगेको हो।
कम्पनीले अन्तिम ३ महिनामा ७५ अर्ब ३० करोड डलर आम्दानी गरेको थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा अल्फाबेटको आम्दानी ३२ प्रतिशत बढेको हो।
गत वर्ष कम्पनीको सबैजसो व्यवसायमा देखिएको सुधारको कारण कम्पनीले आम्दानीमा उल्लेख्य वृद्धि भएको हो।
अल्फाबेटको आम्दानी पछिल्लो ५ वर्षको अवधिमा झण्डै ३ गुणाले बढेको हो। सन् २०१६ मा कम्पनीको वार्षिक आम्दानी ९० अर्ब डलर थियो।
Shares
प्रतिक्रिया