केही जीवजन्तुको काटिएको अंग पुनः जस्ताको त्यस्तै गरी पलाए के होला? माउसुली, स्टारफिस र सालामान्डरजस्ता जीवको केही अंग त्यसैगरी पलाउँछन् पनि।
यो अद्भुत क्षमताले ती प्राणीहरुको रक्षा पनि गर्ने गरेको छ।
अब भने वैज्ञानिकहरु मानिसमा पनि यसैगरी काटिएको अंग पलाउन सक्ने प्रविधिको खोजीमा जुटेका छन्।
लामो समयदेखि यस विषयमा अध्ययन हुँदै आए पनि हालै मात्र भ्यागुतोको एक प्रजातिमा यो प्रविधिको प्रयोग गरिएको छ। यो परीक्षणमा उनीहरुले सफलता पनि हात पारेका छन्।
टफ्स युनिभर्सिटी र हार्वर्डको भाइस इन्स्टिच्युटका शोधकर्ताले अफ्रिकी भ्यागुतोमा गरेको अध्ययनमा भ्यागुताको खुट्टा पूर्णरुपमा पहिलाको जस्तै हुन १८ महिनाको समय लागेको थियो।
यस किसिमको नतिजा निकै उत्साहप्रद रहेको अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन्।
वैज्ञानिकहरुले यो अनुसन्धानले अन्य जीवमा पनि यसअघि गुमाइसकेको अंग फिर्ता ल्याउन महत्वपूर्ण सहयोग निर्वाह गर्न सक्ने उल्लेख गरेका छन्।
Shares
प्रतिक्रिया