ad ad

प्रविधि


भारती एयरटेलमा एक अर्ब डलर लगानी गर्दै गुगल

भारती एयरटेलमा एक अर्ब डलर लगानी गर्दै गुगल

नेपालखबर
माघ १४, २०७८ शुक्रबार १३:३९, काठमाडौँ

गुगलले भारती एयरटेल कम्पनीमा १ अर्ब डलरबराबरको रकम लगानी गर्ने भएको छ।

भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार गुगलको यो निर्णयले भारती एयरटेललाई आफ्नो डिजिटल क्षेत्र विस्तारको लागि सहयोग पुग्नेछ अपेक्षा छ।

सम्झौताअनुसार गुगलले उक्त लगानीमध्ये ७० करोड डलर एयरटेल कम्पनीमा लगानी गर्नेछ।

जसबाट उसले कम्पनीको १.२८ प्रतिशतको शेयर पाउनेछ। त्यसका साथै उसले ३० करोड डलर रकम आगामी दिनमा हुने व्यावसायिक सम्झौताको लागि प्रयोग गर्ने भएको छ। 

एयरटेलले दिएको जानकारीअनुसार गुगलले एयरटेलसँग सस्तो फोन विकास गर्ने र ५जी प्रविधिको विषयमा मिलेर काम गर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .