नाइजेरियाले ट्वीटरमाथिको प्रतिबन्ध हटाउने भएको छ। ट्वीटरले नाइजेरियामा नै आफ्नो स्थानीय कार्यालय खोल्ने भएसँगै नाइजेरियाले प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
बुधबार नाइजेरियाको सरकारका वरिष्ठ अधिकारीले ट्वीटरसँग यस विषयमा सम्झौता भएको बताएका हुन्।
नाइजेरियाले गत जुन ४ मा राष्ट्रपति मोहम्मदु बुहारीको पोस्ट हटाएसँगै प्रतिबन्धको घोषणा गरेको थियो।
नाइजेरियाको राष्ट्रिय सूचना प्रविधि विकास एजेन्सीका महानिर्देशक कासिफु इनुवा अब्दुल्लाहीले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले ट्वीटरमाथिको प्रतिबन्ध फुकुवा गर्न अनुमति दिएको उल्लेख गरेका हुन्।
उनका अनुसार ट्वीटरले नाइजेरियाको स्थानीय नियम र कानुनी व्यवस्थाबारे जानकारी राख्ने एक प्रतिनिधिलाई चयन गर्नेछ।
18
Shares
प्रतिक्रिया