भारतमा एकाधिकारविरोधी कानुन पालना नगरेको भन्दै गुगलको विषयमा अनुसन्धान हुने भएको छ।
भारतको प्रतिस्पर्धा आयोग (सीसीआई)ले शुक्रबार गुगलमाथि अनुसन्धानको लागि आदेश दिएको हो। गुगलमाथि बजारमा आफ्नो बलियो अवस्थाको दुरुपयोग गरेको आरोप छ।
विश्वभर प्रविधि कम्पनीमाथि निरन्तर अनुसन्धान तथा नियमन बढिरहेको अवस्थामा भारतमा पनि गुगलमाथि अनुसन्धान हुन लागेको हो।
केही समयअघि मात्र रुसले गुगलमाथि जरिवाना लगाउने निर्णय गरेको थियो। त्यस्तै फ्रान्सले पनि गुगललाई हालै मात्र जरिवाना लगाएको छ।
96
Shares
प्रतिक्रिया