फ्रान्सको डेटा प्राइभेसी नियामकले बिहीबार अल्फाबेट कम्पनीको गुगललाई १५ करोड युरो जरिवाना लगाएको छ।
गुगल चलाउँदा कूकिज भनिने अनलाइन ट्र्याकरलाई अस्वीकार गर्न निकै कठिन बनाएको भन्दै जरिवाना लगाउने निर्णय गरेको हो।
सोही मुद्दामा मेटा कम्पनीको फेसबुकलाई पनि ६ करोड युरोबराबरको जरिवाना गरिएको छ।
यस्ता कूकिज एसेप्ट गर्दा एक क्लिकमा हुने भए पनि त्यसलाई अस्वीकार गर्दा भने धेरै झन्झट हुने गरेको नियामकले बताएको छ।
अहिले फ्रान्समा लगाइएका जरिवानाको विषयमा गुगल र फेसबुकले भने कुनै प्रतिक्रिया दिएको छैन।
पछिल्लो समय युरोपमा प्रविधि कम्पनीमाथिको नियमनमा कडाइ गरिएको छ।
39
Shares
प्रतिक्रिया