अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फेब्रुअरीमा आफ्नो सामाजिक सञ्जाल सार्वजनिक गर्ने तयारी गरेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एप्पलको एप स्टोरको लिस्टिङले ट्रम्पको ‘ट्रूथ सोसल’ फेब्रुअरी २१ मा सार्वजनिक हुन सक्छ।
ट्रुथ सोसललाई ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले सञ्चालन गर्नेछ। यसलाई ट्वीटरको विकल्पको रुपमा लिइएको छ।
अहिले उक्त सामाजिक सञ्जालको लागि प्रि–अर्डरको काम भइरहेको छ।
ट्रम्पको सामाजिक सञ्जालमा मानिसहरुलाई फलो गर्ने र ट्रेन्डिङमा आएका विषय देखाउने फिचर छ।
ट्रम्पलाई मेटा कम्पनीको फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए।
गत वर्ष अमेरिकाको संसद भवनमा भएको आक्रमणको पक्षमा बोलेसँगै फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका थिए।
नयाँ सामाजिक सञ्जाल सार्वजनिक हुने मितिको विषयमा अहिलेसम्म टीएमटीजी र एप्पलले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
यद्यपि यो विषयसँग जानकार रहेका व्यक्तिले यो सामाजिक सञ्जाल सार्वजनिक गर्ने मिति फेब्रुअरी २१ हुन सक्ने बताएका हुन्।
टीएमटीजीका अनुसार सुरुवाती तीन चरणमध्ये पहिलो चरणमा सामाजिक सञ्जाल ल्याउन लागिएको हो।
सामाजिक सञ्जालपछि भिडियो पोर्टल आउनेछ र त्यसपछि समाचार र विभिन्न प्रकाशनहरुलाई लक्षित गरेर अर्को वेबसाइट ल्याइनेछ।
Shares
प्रतिक्रिया