एप्पल ३० खर्ब डलरभन्दा धेरै बजार पुँजीकरण भएको पहिलो कम्पनी बनेको छ।
सोमबार एप्पलको शेयरको भाउ ३ प्रतिशतले बढेसँगै उसको समग्र बजार पुँजीकरण पनि ३० खर्ब डलर नाघेको हो।
अलजाजिराका अनुसार यससँगै एप्पलको समग्र बजार मूल्य विश्वका प्रमुख १० ठूला अर्थतन्त्र भएका मुलकमध्ये ६ वटा देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा धेरै छ।
जसमा बेलायत, भारत, फ्रान्स, इटाली क्यानडा र दक्षिण कोरिया छन्।
पछिल्लो केही वर्षमा एप्पलले ठूलो सफलता हात पारेको छ।
सन् २०१८ मा १० खर्ब डलर बजार मूल्य कटाउने पहिलो अमेरिकी कम्पनी बनेको एप्पलको बजार मूल्य २०२० मा २० खर्ब डलर नाघेको थियो।
27
Shares
प्रतिक्रिया