भारतमा अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि एकाधिकारविरोधी अनुसन्धान हुने भएको छ।
भारतीय नियामक निकायले शुक्रबार उक्त कम्पनीमाथि अनुसन्धानको लागि निर्देशन दिएको हो।
सुरुवाती अध्ययनमा कम्पनीले केही नियम उल्लंघन गरेको पाइएसँगै नियामकले अनुसन्धानको लागि निर्देशन दिएको हो।
भारतको एक गैर नाफामूलक संस्थाले एप्पलमाथि एकाधिकारविरोधी नियम उल्लंघन गरेको आरोपमा उजुरी गरेको थियो।
संस्थाका अनुसार एप्पलले एप बजारमा आफ्नो दबदबाको फाइदा उठाउँदै एप निर्मातालाई आफ्नो उत्पादन प्रयोग गर्न बाध्य पार्ने गरेको छ।
एप्पलले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन। गत महिना कम्पनीले आफूमाथि लागेको आरोप अस्वीकार गरेको थियो। कम्पनीमाथि लागेको आरोप निराधार रहेको बताएको थियो।
भारतको बजारमा हिस्सा पनि शून्यदेखि ५ प्रतिशतको मात्रै रहेकाले बजार हिस्सा रहेकाले एप निर्मातालाई बजार दबदबाको फाइदा उठाएको आरोप पुष्टि नहुने एप्पलको भनाइ छ।
यद्यपि नियामकले भने मुद्दा प्रयोगकर्ताको विषयमा नभई एप्पलले निर्माताको विषयमा रहेको भन्दै एप्पलले मुद्दालाई अन्तै मोड्ने प्रयास गरेको बताएको छ।
भारतीय नियामकले यस विषयमा पूर्णरुपमा अनुसन्धान गर्न र ६० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएको छ।
Shares
प्रतिक्रिया