चीनले चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने योजना आठ वर्ष छिटै पूरा गर्ने भएको छ।
चीनले सन् २०२७ को हाराहारीमा उक्त अन्तरिक्ष स्टेसन निर्माणको काम पूरा गर्नेछ।
चिनियाँ अन्तरिक्षसम्बन्धी अध्ययनका अधिकारीहरुले सोमबार अहिलेसम्म नाम नदिइएको उक्त स्टेसनको लागि नयाँ लक्ष्य राखेका हुन्।
चीनले रुससँग मिलेर उक्त स्पेस स्टेसन बनाउन लागेको हो।
चीनले चन्द्रमामा अन्तरिक्ष स्टेसन निर्माणको लागि यसअघि नै केही रकेट चन्द्रमामा पठाइसकेको छ।
यसअघि चीनले सन् २०३५ सम्ममा चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने लक्ष्य राखेको थियो।
लामो समयदेखि चीनले अन्तरिक्ष दौडमा अग्रसरता देखाएको थिएन।
यद्यपि भविष्यमा अन्तरिक्षमा अमेरिकाबाट जोखिम हुनसक्ने भन्दै पछिल्लो समय भने चीन आक्रामक रुपमा अघि बढेको छ।
117
Shares
प्रतिक्रिया