रुसको एक अदालतले अल्फाबेट कम्पनीको गुगललाई करिब ९ करोड ८० लाख अमेरिकी डलर र फेसबुकको माउ कम्पनी मेटालाई करिब २ करोड ७१ लाख डलर जरिवाना गरेको छ।
रोयटर्सका अनुसार रुसले प्रतिबन्ध लगाएको कन्टेन्ट नहटाएको आरोपमा यी दुई प्रविधि कम्पनीमाथि रुसले जरिवाना लगाएको हो।
इन्टरनेटमाथिको नियमनबारे आलोचना भएसँगै रुसले ठूला प्रविधि कम्पनीमाथि दबाब बढाएको छ।
गुगलले रुसको अदालतले गरेको फैसलाबारे अब कस्तो कदम चाल्ने भन्ने निर्णयको लागि थप अध्ययन गर्नुपर्ने बताएको बताएको छ।
यस विषयमा मेटा कम्पनीले भने कुनै प्रतिक्रिया दिएको छैन। यसअघि रुसमा सामाजिक सञ्जाल ट्वीटरमाथि पनि जरिवानाको फैसला सुनाइएको थियो।
135
Shares
प्रतिक्रिया