अमेरिकी प्रविधि कम्पनी इन्टेलले आफ्नो विज्ञप्तिले चीनमा विवाद उत्पन्न भएसँगै चिनियाँ ग्राहक, साझेदार र आम नागरिकसँग माफी मागेको छ।
इन्टेलले यसअघि पत्र लेख्दै आफ्ना आपूर्तिकर्तालाई सिन्जियाङको उत्पादन र श्रमशक्ति प्रयोग नगर्न आग्रह गरेको थियो। यससँगै चीनमा इन्टेलको आलोचना सुरु भएको थियो।
इन्टेलले अहिले विश्वभरका धेरै मुलुकले सिन्जियाङ क्षेत्रका उत्पादन तथा सेवामा प्रतिबन्ध लगाइरहेको अवस्थामा आफ्ना आपूर्तिकर्ताले पनि उक्त क्षेत्रको प्रयोग गर्नु नहुने बताएको थियो।
यससँगै चीनमा इन्टेलको उत्पादन बहिस्कार गर्नुपर्ने भन्दा सामाजिक सञ्जालमा आवाज उठेको थियो।
इन्टेलले अर्को विज्ञप्ति जारी गर्दै अघिल्लो विज्ञप्तिबाट समस्या भोगेका चिनियाँ ग्राहक, साझेदार र सर्वसाधारणप्रति माफी मागेको हो।
इन्टेलले आफूहरु चीनको विश्वसनीय प्रविधि कम्पनी रहेको र चीनको विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको इन्टेलको भनाइ छ।
Shares
प्रतिक्रिया