पछिल्लो तीन वर्षमा चिनियाँ एप स्टोरका करिब ४० प्रतिशत एप हराएका छन्। पछिल्लो समय चीनले इन्टरनेट सेवामाथि बढाएको नियमनको कारण चिनियाँ एप स्टोरबाट धेरै एप हराएका हुन्।
गत अक्टोबरमा चिनियाँ एप स्टोरमा बाँकी रहेका एपको संख्या २७ लाख ८० हजारमा झरेको छ। सन् २०१८ को अन्तिममा यो संख्या ४५ लाख २० हजार थियो।
साउथ चाइना मर्निङ पोस्टका अनुसार पछिल्लो समय चीनले वीच्याट, टेन्सेन्ट होल्डिङ्सलगायतका सामाजिक सञ्जालमाथि पनि अंकुश लगाएकाले एप स्टोरमा एपको संख्या घटेको हो।
चिनियाँ अनलाइन बजारमा विश्लेषक लियोन सुन कियुआनका अनुसार अब चीनको इन्टरनेट क्षेत्रमा व्यापक विस्तार हुने युगको समाप्त भएको बताउँछन्। उनका अनुसार लामो समयदेखि चीनको इन्टरनेट उद्योगमा व्यापक विस्तार भएकाले अब त्यो क्रम सकिएको छ।
त्यसो त गुगल र एप्पलले पनि वार्षिकरूपमा उल्लेख्य एप हटाउने गरेका छन् तर उनीहरुको एप स्टोरमा उपलब्ध एपको संख्या भने निरन्तर बढ्दो क्रममा छ। चीनले व्यक्तिगत विवरणको सुरक्षा तथा इन्टरनेटबाट हुने व्यवसाय तथा कारोबारमाथिको नियमन बढाउने क्रममा कडा किसिमको कानुन ल्याएको छ। त्यसको असर अहिले चिनियाँ एप स्टोरहरूमा देखिएको हो।
Shares
प्रतिक्रिया