रुसले प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै फेसबुकको माउ कम्पनी मेटा, ट्वीटर र टिकटकमाथि जरीवाना लगाउने निर्णय गरेको छ। बिहीबार मस्कोस्थित एक अदालतले यी सामाजिक सञ्जालले आफ्नो प्लेटफर्मबाट प्रतिबन्धित कन्टेन्ट डिलिट नगरेको भन्दै जरीवानाको फैसला सुनाएको हो।
मेटालाई समग्रमा एक करोड ३० लाख रुबेल, ट्वीटरलाई एक करोड रुबेल र टिकटकलाई ४० लाख रुबेल जरीवानाको घोषणा गरिएको छ ।
यस विषयमा ट्वीटर, फेसबुक र टिकटकले भने अहिलेसम्म कुनै प्रतिक्रिया भने दिएका छैनन्। मेटा र गुगलको अल्फाबेटविरुद्ध पनि रुसमा अर्को एक मुद्दा चलिरहेको छ।
पछिल्लो समय रुसले ठूला प्रविधि कम्पनीमाथिको नियमन बढाएको छ।
24
Shares
प्रतिक्रिया