ad ad

प्रविधि


पहिलोपटक सूर्यको वायुमण्डलमा पुग्यो नासाको विमान

पहिलोपटक सूर्यको वायुमण्डलमा पुग्यो नासाको विमान

नेपालखबर
मंसिर २९, २०७८ बुधबार ९:३३, काठमाडौँ

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले पहिलोपटक आफ्नो विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ। मंगलबार नासाले आफ्नो ‘पार्कर सोलार प्रोब’ विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ।

नासाले यसलाई ऐतिहासिक क्षण भएको बताएको छ। बीबीसीले उल्लेख गरेअनुसार नासाको विमान सूर्यको वायुमण्डलको ‘कोरोना’ क्षेत्रमा प्रवेश गरेको हो। 

यो विमान गत अप्रिलमा नै सूर्यको उक्त क्षेत्रमा प्रवेश गरे पनि प्राप्त विवरणहरूको अध्ययनपछि अहिलेसम्म त्यसको पुष्टि भएको हो। नासाले सूर्यको विषयमा थप अध्ययनका लागि यो विमान पठाएको थियो।

उक्त विमान सूर्यको निकै नजिकसम्म पुगोस् भन्नका लागि अत्यधिक ताप सहन सक्ने सामग्रीमा राखेर विमानलाई सूर्यतर्फ पठाइएको थियो। सूर्यको सतहमा यसले छुन सकेको अवस्थामा त्यसबाट निकै महत्वपूर्ण जानकारी पाउन सकिने वैज्ञानिकहरुले बताएका छन्। 

नासाले तीन वर्षअघि यो विमान सूर्यतर्फ पठाएको थियो। विमान प्रतिघण्टा पाँच लाख किलोमिटरको गतिमा सूर्यतर्फ बढ्दा अहिले सूर्यको सतहको सबैभन्दा नजिक पुगेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .