ad ad

प्रविधि


कोभिड संक्रमण रोक्न दक्षिण कोरियाले ‘फेसियल रिकग्निसन’ प्रविधि प्रयोग गर्ने

कोभिड संक्रमण रोक्न दक्षिण कोरियाले ‘फेसियल रिकग्निसन’ प्रविधि प्रयोग गर्ने

नेपालखबर
मंसिर २७, २०७८ सोमबार १४:३, काठमाडौँ

दक्षिण कोरियाले चाँडै कोरोनाभाइरस संक्रमणविरुद्ध लड्न प्रविधिको सहायता लिने भएको छ। 

कोरियाले यससम्बन्धी पाइलट प्रोजेक्ट नै घोषणा गर्न लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। 

योसँगै आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अनुहार पहिचान प्रविधि (फेसियल रिकग्निसन) र हजारौँ सीसीटीभी क्यामेरा प्रयोग गरिनेछ। 

यी प्रविधिको सहयोगमा संक्रमित पत्ता लगाइनेछ। उच्च जनघनत्व भएको बुचन सहरमा यो प्रोजेक्ट सञ्चालन गरिनेछ। यो सहर राजधानी सोलनजिकै पर्छ। जनवरीदेखि यो परियोजना सञ्चालनमा आउनेछ। 

यसमा १० हजार ८ सय २० सीसीटीभी क्यामेराले संकलन गरेका भिडिओ फुटेजबाट एआई अल्गोरिदम र फेसियल रिकग्निसन प्रविधिले विश्लेषण गरी संक्रमितहरुको आवागमन अनुगमन गर्नेछ। 

यसबाट संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्ति, उनीहरुले मास्क पहिरिए नपहिरिएकोलगायतबारे पनि थाहा हुनेछ। 

कोरियाको उक्त सहरले यसबारे ११० पृष्ठ लामो व्यावसायिक योजना विज्ञान तथा सूचना प्रविधि मन्त्रालयमा पेस गरेको छ। 

विश्वभरका सरकारहरु कोरोनाविरुद्ध प्रविधि प्रयोग गर्न आफ्नो कानुनी क्षमता विस्तार गरिरहेका छन्। चीन, रुस, भारत, पोल्यान्ड, जापान र अमेरिकी राज्य सरकारहरुले समेत अनुहार चिन्ने प्रविधिको परीक्षण र प्रयोग गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .