इटालीले एकाधिकारविरोधी नियम पालना नगरेको आरोपमा अमेरिकी ई–कमर्स कम्पनी अमेजनलाई करिब १ अर्ब ३० करोड डलर जरीवाना लगाएको छ। बिहीबार इटालीको एकाधिकार विरोधी नियामकले अमेजनमाथि जरीवानाको निर्णय गरेको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेजनले इटालीको यो निर्णयप्रति आफ्नो तीव्र असन्तुष्टि रहेको बताएको छ। कम्पनीले यो निर्णयकोविरुद्धमा पुनरवलोकनको लागि अपिल गर्ने बताएको छ। गोपनीयता तथा गलत सूचनाबारे पछिल्लो समय विश्वव्यापीरूपमा प्रविधि कम्पनीमाथिको नियमन बढाइएको छ।
त्यसका साथै केही कम्पनीले बजारमा आफ्नो शक्तिको दुरुपयोग पनि गर्ने गरेको गुनासो आउने गरेको छ। त्यसैले प्रविधि कम्पनीमाथिको नियमन पनि बढाइएको हो।
अमेजनका साथै युरोपमा पछिल्लो केही समययता गुगलको अल्फाबेट, फेसबुक, एप्पल र माइक्रोसफ्टले पनि विभिन्न मुद्दाको सामना गर्दै आएका छन्।
Shares
प्रतिक्रिया