ad ad

प्रविधि


आईफोन १३ को उत्पादन २० प्रतिशत घट्यो

आईफोन १३ को उत्पादन २० प्रतिशत घट्यो

नेपालखबर
मंसिर २२, २०७८ बुधबार ११:५९, काठमाडौँ

अमेरिकी प्रविधि कम्पनी एप्पलको आईफोन १३ को उत्पादन सेप्टेम्बर र अक्टोबर महिनामा अनुमान गरिएभन्दा २० प्रतिशतले घटेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार गत अक्टोबरमा केही दिनसम्म स्थानीय नियमको कारण उत्पादन रोकिएको थियो।

एक दशकभन्दा लामो समयमा पहिलोपटक एप्पलको उत्पादन रोकिएको हो। त्यसैको असर उत्पादनमा देखिएको हो। यद्यपि कम्पनीले आधिकारिकरुपमा आफ्नो उत्पादन घटेको उल्लेख भने गरेको छैन। 

विश्वव्यापीरुपमा देखिएको चिप अभाव र आपूर्तिमा देखिएको अवरोधको कारण पनि उत्पादनमा कमी देखिएको कम्पनीको निकट स्रोतले बताएका छन्। पर्व तथा बिदाको समय आउन लागिरहेको अवस्थामा उत्पादनमा कमी आउनुले यसको असर व्यापारमा पनि पर्न सक्ने समाचारमा उल्लेख छ।

क्रिसमस नजिकिँदै गर्दा उपहार दिनको लागि पनि एप्पलका उत्पादनको माग बढ्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .