अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल कम्पनीको लागि १ अर्ब डलर उठाउने भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उनले कम्पनीको शेयर बिक्रीमार्फत् उक्त रकम उठाउन लागेका हुन्।
ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपले अहिलेसम्म आफ्नो सामाजिक सञ्जाल एप भने सार्वजनिक गरेको छैन। कम्पनीले आफ्नो सामाजिक सञ्जाल एप विकासको क्रममा रहेको बताएको छ।
कम्पनीले डिजिटल वर्ल्ड एक्विजिसन कम्पनीसँग गरेको मर्जरको प्रयास सफल भए ट्रम्पको कम्पनीले २९ करोड ३० लाख डलर पाउनेछ। समाचारमा उल्लेख गरिएअनुसार ट्रम्पले १ अर्ब डलर उठाउँदै आफ्नो सामाजिक सञ्जालको मूल्यांकन तीन अर्ब डलरको हाराहारीमा पुर्याउने लक्ष्य लिएका छन्।
यद्यपि यस विषयमा ट्रम्प मिडिया एण्ड डिजिटल वर्ल्डले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
Shares
प्रतिक्रिया