इटालीको एकाधिकारविरोधी निकायले अमेरिकी प्रविधि कम्पनीहरु एप्पल र गुगलमाथि जरीवाना लगाएको । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उनीहरुले आफ्ना प्रयोगकर्तालाई शर्तहरु मान्न बाध्य पार्ने अभ्यास गरेको भन्दै १ करोड १२ लाख अमेरिकी डलरबराबरको जरीवाना लगाइएको हो।
इटालीका नियामकले यी दुई प्रविधि कम्पनीले आफ्नो सेवा प्रयोगकर्ताको विवरण कसरी संकलन गरिन्छ भन्ने विषयमा स्पष्टरुपमा तत्काल कुनै सूचना नदिएको बताएको छ।
गुगल र एप्पलले नियामकको निर्णयमा असन्तुष्टि जनाउँदै पुनरवलोकनको लागि निवेदन दिने बताएका छन्। नियामकका अनुसार गुगलले आफ्नो सेवा प्रयोगको लागि शर्तहरु मान्नैपर्ने व्यवस्था गरेको बताएका छन्।
त्यस्तै एप्पलको सेवा प्रयोगमा पनि उनीहरुलाई कुनै विकल्प नदिइने गरेको नियामकको आरोप छ। दुवै कम्पनीले आफूहरुले स्वच्छरुपमा सेवा प्रदान गर्दै आएको बताएका छन्।
Shares
प्रतिक्रिया