एप्पलले ह्याकिङ टूलको प्रयोग गरेर आईफोनको लक्षित गरेको भन्दै इजरायली स्पाइवेयर कम्पनी एनएसओ ग्रुप र त्यसलाई सञ्चालन गर्ने कम्पनीमाथि मुद्दा दायर गरेको छ।
एनएसओको पेगासस सफ्टवेयरले आईफोन र एन्ड्रोइड दुवै किसिमको डिभाइसलाई प्रभावित पार्न सक्छ। जसमा अपरेटरलाई सन्देश, फोटो, इमेल, कल रेकर्डस्,माइक्रोफोन र क्यामेरालाई गुप्तरुपले सक्रिय गर्ने अनुमति दिइन्छ।
एनएसओले यो उपकरणको प्रयोग आतंकवादी तथा अपराधीलाई लक्षित गर्न सहज होस् भन्ने उद्देश्यका साथ ल्याइएको दाबी गर्दै आएको छ। यद्यपि केही समयअघि यसको प्रयोग सामाजिक कार्यकर्ता, नेता तथा पत्रकारहरुमाथि पनि गरिएको खुलेको थियो।
एनएसओले राम्रो मानवअधिकारको इतिहास भएका मुलुकमा मात्र यो सफ्टवेयर बेच्ने गरेको बताएको छ। यद्यपि अमेरिकाले यसै महिना यो कम्पनीलाई कालोसूचीमा राखेको छ।
Shares
प्रतिक्रिया