चीनको बजार नियामकले चिनियाँ प्रविधि कम्पनी अलिबाबा, बैदू र जेडी डटकमलाई जरीवाना गर्ने निर्णय गरेको छ।
रोयटर्सका अनुसार उनीहरुलाई उनीहरुलाई यसअघिको ४३ सम्झौता सार्वजनिक नगरेको आरोपमा उनीहरुलाई जरीवाना गरिएको हो। सन् २०१२ यता भएका उक्त सम्झौताले बजारको एकाधिकारलाई बढावा दिएको भन्दै उनीहरुलाई जरीवाना गरिएको हो।
यस्ता मुद्दामा मुछिएका कम्पनीहरु प्रत्येकलाई पाँच लाख युआनबराबरको जरीवाना लगाइएको छ। सन् २००८ मा ल्याइएको एकाधिकारविरुद्धको नियमअनुसार उनीहरुलाई जरीवाना गरिएको हो। यस विषयमा अलिबाबा, जेडी डटकम र गीली कम्पनीले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
चीनले पछिल्लो समय प्रविधि कम्पनीमाथिको दबाब बढाएको छ। चीनमा प्रविधि कम्पनीमाथिको नियमन कमजोर भएको गुनासो आएसँगै उसले आक्रामकरुपमा प्रविधि कम्पनीमाथिको नियमन बढाएको हो।
Shares
प्रतिक्रिया