ad ad

प्रविधि


आफ्नै चाहना अनुसारको न्युजफिड बनाउन सकिने फिचर ल्याउँदै फेसबुक

आफ्नै चाहना अनुसारको न्युजफिड बनाउन सकिने फिचर ल्याउँदै फेसबुक

नेपालखबर
मंसिर ४, २०७८ शनिबार ८:१६, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुकले न्युज फिड कस्तो बनाउने भन्ने थप अधिकार प्रयोगकर्तालाई दिने फिचर ल्याउने भएको छ। आफ्नो एल्गोरिदमको प्रयोग विभिन्न कन्टेन्टको प्रचारको लागि गर्ने गरेको आरोप झेलिरहेको फेसबुकले नयाँ योजना ल्याएको हो।

 यो योजनाअनुसार अबको दिनमा प्रयोगकर्ताले आफ्नो न्युज फिडमा के के आओस् भन्ने आफैं छनोट पनि गर्न सक्छन्। त्यस्तै अब ग्रुप र पेजका कन्टेन्ट कम र साथीभाइ तथा परिवारका कन्टेन्ट धेरै आउनेछन्। अहिले लुकेर रहेका केही फिचर पनि अब अगाडि ल्याउने फेसबुकको तयारी छ। 

एक विज्ञप्ति सार्वजनिक गर्दै फेसबुकले अबको दिनमा मानिसले चाहेका कन्टेन्टहरु उनीहरुसमक्ष पुर्‍याउने र हेर्न नचाहेका कन्टेन्टलाई घटाउने बताएको छ। यसको सुरुवात विश्वभरका विभिन्न मुलुकबाट गरिने फेसबुकले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .