ad ad

प्रविधि


फेसबुकमा नराख्नुस् ‘आई लभ यू’ र ‘स्वीट्हार्ट’ जस्ता पासवर्ड, सजिलै हुन्छ ह्याक

फेसबुकमा नराख्नुस् ‘आई लभ यू’ र ‘स्वीट्हार्ट’ जस्ता पासवर्ड, सजिलै हुन्छ ह्याक

नेपालखबर
मंसिर ३, २०७८ शुक्रबार १४:२२, काठमाडौँ

अक्सर गरेर ‘१२३४५६’ पासवर्डको प्रयोग धेरै हुने गरेको सुन्नमा आउँछ। यद्यपि भारतमा गरिएको एक अध्ययनले सबैभन्दा धेरै मानिसको पासवर्ड नै ‘पासवर्ड’ रहेको देखाएको छ। 

भारतमा गरिएको अध्ययनका क्रममा सबैभन्दा धेरै मानिसले ‘आईलभयू’, ‘कृष्ण’, ‘साइराम’, ‘ॐसाइराम’जस्ता पासवर्ड प्रयोग राख्ने गरेको पाइएको छ।

नर्डपासको उक्त अध्ययनमा भारतमा महिला र पुरुषबीच नाम र प्रेमसम्बन्धी शब्द निकै लोकप्रिय रहेको पाइएको छ।

त्यस्तै ‘१२३४५६७८९’, ‘१२३४५६७८’, इन्डिया१२३, एबीसी१२३, एक्सएक्सएक्सजस्ता पासवर्ड धेरैले प्रयोग गर्ने गरेका छन्। 

अनुसन्धानका अनुसार यस किसिमका पासवर्ड यति सजिला हुन्छन् कि केही समयमा नै तपाईंको एकाउन्ट ह्याक हुन सक्छ।

भारतमा सजिला २०० पासवर्डमध्ये ६२ पासवर्ड यस्ता छन्, जुन केही समयमा नै ह्याक गर्न सकिन्छ। 

कसरी राख्ने बलियो पासवर्ड ? 
मानिसहरुले आफूले सम्झिनका लागि सजिलो होस् भन्ने उद्देश्यका साथ सजिलो पासवर्ड राख्ने गर्छन्। यस्तोमा एकाउन्ट ह्याक हुने सम्भावना पनि बढी हुन्छ। 

पासवर्डमा फरक फरक फर्म्याटको प्रयोग

  • नम्बर
  • अल्फाबेट 
  • फिङ्गरप्रिन्ट
  • फेसलक
  • आईलक
  • प्याटर्न
  • फोटोज 

सुरक्षित पासवर्डमा ध्यान दिनुपर्ने कुरा

  • पासवर्डमा कम्तीमा १० देखि १५ क्यारेक्टरको प्रयोग गर्नुहोस्। 
  • यसमा अल्फाबेटका साथै नम्बरको पनि प्रयोग गर्नुहोस्। 
  • पासवर्डमा एक अल्फाबेट क्यापिटल लेटरमा राख्नुहोस्। 
  • !, @, #, $, %, ^, &, *, )  जस्ता स्पेसल क्यारेक्टरको प्रयोग गर्नुहोस्। 
  • समयसमयमा आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस्। 
  • सम्भव भएसम्म दोहोरो प्रमाणीकरणको सुविधा लिनुहोस्। 

पासवर्ड राख्दा नगरौँ यी गल्ती

  • सजिलो शब्दको पासवर्ड नबनाउनुस्
  • पासवर्डमा ८ भन्दा कम क्यारेक्टरको प्रयोग नगर्नुहोस्
  • पासवर्डमा आफ्नो नाम, जन्म मितिको प्रयोग नगर्नुहोस्
  • आफ्नो यूजर नेमको पासवर्ड नबनाउनुहोस्
  • पासवर्ड कसैलाई सोधेर नबनाउनुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .