ad ad

प्रविधि


१०८ मेगापिक्सलको क्यामेरासहितको मोटो जी२०० आउँदै

१०८ मेगापिक्सलको क्यामेरासहितको मोटो जी२०० आउँदै

नेपालखबर
मंसिर २, २०७८ बिहिबार १३:२७, काठमाडौँ

पछिल्लो समय राम्रो क्यामेरा भएका स्मार्टफोन बजारमा आउने क्रम बढ्दो छ। यसैलाई ध्यानमा राख्दै मोटोराला कम्पनीले १०८ मेगापिक्सलको म्यामेरासहितको मोटो जी२०० सार्वजनिक गर्ने तयारी गरेको छ।

सार्वजनिक हुनुपूर्व यो स्मार्टफोनबारे केही जानकारी आएको छ। अहिले सार्वजनिक भएको केही जानकारीअनुसार यो स्मार्टफोनको डिस्प्ले ६.७ इन्चको रहनेछ। यसमा क्वालकोम स्न्यापड्र्यागन ८७० प्रोसेसरको प्रयोग हुन सक्ने बताइएको छ।

यसमा ५ हजार एमएएचको ब्याट्रि प्रयोग गरिनेछ। यसमा ८ जीबी र्‍याम प्रयोग गरिएको छ भने १२८ जीबी इन्टर्नल स्टोरेज प्रयोग गरिएको छ। 

यो स्मार्टफोनको क्यामेराको क्वालिटी डीएसआरएल क्यामेराको जस्तै हुन सक्ने अपेक्षा छ। व्यावसायिक युट्युबर्सका लागि पनि यो स्मार्टफोन भिडियो तथा फोटोको लागि महत्वपूर्ण बन्न सक्ने विश्वास लिइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .