ad ad

प्रविधि


एएफपीका समाचारको भुक्तानीको लागि गुगलको पाँच वर्षको सम्झौता

एएफपीका समाचारको भुक्तानीको लागि गुगलको पाँच वर्षको सम्झौता

नेपालखबर
मंसिर २, २०७८ बिहिबार १२:११, काठमाडौँ

अमेरिकी प्रविधि कम्पनी अल्फाबेटको गुगलले अब अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीको समाचारलाई भुक्तानी दिन सुरु गर्ने भएको छ । बुधबार गुगलले एएफपीसँग समाचारको भुक्तानीको लागि पाँच वर्षको सम्झौता सार्वजनिक गरेको हो। 

फ्रान्सको नयाँ नियमअनुसार भएको यो सबैभन्दा ठूलो सम्झौता हो। लामो समयदेखि प्रविधि कम्पनीहरुले समाचारको भुक्तानी दिनुपर्ने माग उठ्दै आएको थियो।

फ्रान्स र अष्ट्रेलियाले ल्याएको नयाँ नियमअनुसार अब प्रविधि कम्पनीले स्थानीय समाचार आफ्नो प्लेटफर्ममा राखेबापत त्यसको भुक्तानी दिनुपर्ने हुन्छ। गुगल तथा फेसबुकजस्ता प्लेटफर्मले समाचारबाट मात्र ठूलो रकम आम्दानी गर्ने गरेका छन्। 

गुगलले एएफपीसँग भएको सम्झौताको मूल्य भने सार्वजनिक गरेको छैन। एएफपीका प्रमुख कार्यकारीले यो सम्झौताले सूचनाको महत्व दर्शाउन सहयोग गरेको बताएका छन्। 

यसअघि गुगलले फ्रान्सका १२१ समाचार प्रकाशकसँग तीन वर्षको लागि ७ करोड ६० लाख डलरको सम्झौता गरेको थियो। यो सम्झौतामा एएफपी भने सामेल छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .