ad ad

प्रविधि


३३ वाट फास्ट चार्जिङसहित ओप्पो ए९५ सार्वजनिक, यस्ता छन् विशेषता

३३ वाट फास्ट चार्जिङसहित ओप्पो ए९५ सार्वजनिक, यस्ता छन् विशेषता

नेपालखबर
मंसिर १, २०७८ बुधबार ९:४८, काठमाडौँ

स्मार्टफोन निर्माता ओप्पोले ‘ओप्पो ए९५’ मोडल सार्वजनिक गरेको छ। कम्पनीले स्न्यापड्र्यागन प्रोसेसर, ३३ वाट फास्ट चार्जिङ सपोर्ट र दमदार ब्याट्रिको साथमा यो स्मार्टफोन बजारमा सार्वजनिक गरेको हो। 

ड्युअल सिमकार्ड लाग्ने यो स्मार्टफोनमा ६.४३ को फुल एचडी प्लस एमोलेड डिस्प्ले छ। यसमा ८ जीबी ¥याम र १२८ जीबी इन्टर्नल स्टोरेज छ भने माइक्रोएसडी कार्ड प्रयोग गरेर स्टोरेज बढाउन सकिन्छ। 

यसमा तीनओटा रेयर क्यामेरा राखिएको छ। जसमा ४८ मेगापिक्सलको प्राइमरी क्यामेराका साथै २ मेगापिक्सलको सेकेण्डरी क्यामेरा र माइक्रो क्यामेरा सेन्सर राखिएको छ। सेल्फी क्यामेरा १६ मेगापिक्सलको छ। यसमा ५००० एमएएचको ब्याट्रि प्रयोग गरिएको छ। 

यसमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ। फोनमा यूएसबी टाइप सी पोर्ट, ब्लुटुथ भर्सन ५, वाईफाईजस्ता फिचर छन्। यसको मूल्य नेपाली रुपैयाँअनुसार करिब ३१ हजार तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .