अमेरिकाको पर्डु विश्वविद्यालयका इन्जिनियरले विद्युतीय गाडीको ब्याट्री केवल ५ मिनेटमा चार्ज हुने प्रविधिको विकास गरिरहेका छन्।
फोर्ड मोटर कम्पनीसँगको सहकार्यमा पर्डु विश्वविद्यालयका इन्जिनियरले विद्युतीय गाडीको ब्याट्री ५ मिनेटमै फुल चार्ज हुने प्रोटोटाइप चार्जिङ केबलको विकास गरिरहेका हुन्।
कम्तीमा इन्धनबाट चल्ने गाडीमा पेट्रोल भर्न लाग्ने समयभित्र विद्युतीय गाडीको ब्याट्री चार्ज गर्ने गरी काम भइरहेको पर्डु विश्वविद्यालयले जनाएको छ।
अहिले ‘सुपरफास्ट’ मानिने चार्जरले चार्ज गर्दा पनि गाडी चार्ज हुन कम्तीमा आधा घण्टा लाग्ने गर्छ।
तर हाल विकास गर्दै गरिएको प्रोटोटाइप चार्जिङ केबल कुनै विद्युतीय गाडीमा परीक्षण गरिएको छैन।
किनकि यसले प्रवाह गर्ने करेन्ट थेग्न सक्नेगरी अहिलेसम्म कुनै विद्युतीय गाडीमा ब्याट्री राखिएको छैन।
यसरी ५ मिनेटमै हुने चार्जिङले १०० माइलसम्म गाडी गुड्ने क्षमता राख्ने पर्डु विश्वविद्यालयको दाबी छ। ।
Shares
प्रतिक्रिया