ad ad

प्रविधि


अष्ट्रेलियामा ७४ करोड डलर लगानी गर्दै गुगल

अष्ट्रेलियामा ७४ करोड डलर लगानी गर्दै गुगल

नेपालखबर
कात्तिक ३०, २०७८ मंगलबार १०:२२, काठमाडौँ

गुगलले आगामी पाँच वर्षमा अष्ट्रेलियामा ७४ करोड अमेरिकी डलरबराबरको रकम लगानी गर्ने भएको छ।

अष्ट्रेलियाले ल्याएको नयाँ नियमअनुसार काम गर्न नसकिने भन्दै अष्ट्रेलियाबाट आफ्नो सेवा हटाउने चेतावनी दिएको गुगलले मंगलबार नयाँ लगानीको घोषणा गरेको हो। 

गुगलको माउ कम्पनी अल्फाबेटको मुख्य एकाइले अष्ट्रेलियामा आफ्नो क्लाउड पूर्वाधार विकासको योजनासहित लगानी बढाउन लागिएको बताएको छ। गुगल अष्ट्रेलियाका प्रबन्ध निर्देशक मोल सिल्भाले नयाँ लगानीको योजनाले अष्ट्रेलियामा महत्वपूर्ण प्रविधिको स्रोत र लगानी भित्र्याउने बताएका छन्। 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले यो लगानी मुलुकको डिजिटल अर्थतन्त्रको रणनीतिको लागि ‘विश्वासको मत’ भएको बताएका छन्। अष्ट्रेलियाले सन् २०३० सम्म विश्वको प्रमुख १० ठूला डिजिटल अर्थतन्त्र भएको मुलुक बन्ने लक्ष्य लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .