ad ad

प्रविधि


जेफ बेजोसको भविष्यवाणी – अन्तरिक्षमा जन्मिनेछन् मान्छे, पृथ्वीमा मनाउनेछन् बिदा

जेफ बेजोसको भविष्यवाणी – अन्तरिक्षमा जन्मिनेछन् मान्छे, पृथ्वीमा मनाउनेछन् बिदा

नेपालखबर
कात्तिक २७, २०७८ शनिबार १३:११, काठमाडौँ

अमेजनका सीईओ जेफ बेजोसले एक दिन अन्तरिक्षमा नै मानिसको जन्म हुने भविष्यवाणी गरेका छन्। साथै अन्तरिक्षमा जन्मिएका मानिस पृथ्वीमा आफ्नो बिदा मनाउन आउने उनले बताएका छन्।

अन्तरिक्ष कम्पनी ब्लू ओरिजनका मालिक रहेका बेजोसले भविष्यमा अन्तरिक्षमा सहर बस्ने र त्यहाँ मानिसको जन्म हुने बताएका हुन्। 

अमेरिकाको वासिङटनमा ब्लु ओरिजिनको भविष्यको विषयलाई लिएर भएको अन्तर्क्रियामा बोल्दै बेजोसले कम्पनीको योजना, अन्तरिक्षमा खोजी, पृथ्वीलाई बचाउने योजनाजस्ता विषयमा आफ्नोृ राय राखेका थिए। 

बेजोसले अन्तरिक्षमा बस्ती बसाउने विषयमा बोल्दै यो बस्ती तैरिएर रहेका घरहरुजस्तै हुने भन्दै त्यहाँ पृथ्वीको मौसम र गुरुत्वाकर्षणको नक्कल गरिने बताएका छन्। उनका अनुसार यसरी बनाइएका घरमा १० लाख मानिस बस्न सक्ने र त्यहाँ नदी, जंगल र अन्य वन्यजन्तु पनि हुनेछन्। 

बेजोसले अर्को ग्रहमा बस्ती बसाउनुभन्दा अन्तरिक्षमा बस्ती बनाउनु राम्रो हुने बताएका छन्। पृथ्वीभन्दा बाहिर कसरी जीवन सम्भव बनाउने भन्ने विषयमा बेजोस र उनका विरोधी एलन मस्कबीच वाकयुद्ध चलिरहेको छ।

मस्क बेजोसलाई पछि पार्दै सबैभन्दा धनी व्यक्ति बनेका छन्। मस्कको कम्पनी स्पेसएक्सले मंगल ग्रहमा बस्ती बसाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .