ad ad

प्रविधि


आईफोन १३ को स्क्रिनमा समस्या, सुल्झाउने एप्पलको वाचा

आईफोन १३ को स्क्रिनमा समस्या, सुल्झाउने एप्पलको वाचा

नेपालखबर
कात्तिक २७, २०७८ शनिबार ७:३३, काठमाडौँ

अमेरिकी प्रविधि कम्पनी एप्पलले आईफोन १३ मा देखिएको स्क्रिनको समस्या सुल्झाइने बताएको छ।

यसअघि आईफोन १३ स्क्रिनमा समस्याको कारण फोनको अनुहार पहिचान गर्ने फिचरले काम नगर्ने समस्या देखिएको थियो। 

आईफोन १३ मा स्क्रिनसँगलाई जोड्ने एक चिप हुन्छ, नयाँ स्क्रिन फोनमा राख्दा पुनः त्यसले काम गर्न विशेष किसिमको सफ्टवेयर टुलको आवश्यकता पर्छ।

फोन मर्मत गर्ने संस्थाका अनुसार यो टुलले फोन मर्मत गरेपछि काम गर्दैन। 

एप्पलले आईफोनको लागि सफ्टवेयरको अपडेट जारी राख्ने र यसको प्रयोग फोन मर्मत गर्ने मानिसले प्रयोग गर्न सक्ने बनाउने बताएको छ।

फोन मर्मतको अधिकारको वकालत गर्नेहरुले एप्पलको यो फिचरको आलोचना गर्दै आएका छन्।

आईफोन प्रयोगकर्ताले फोन अन्यत्रबाट मर्मत गर्न नसकून् भन्ने आशयका साथमा यो फिचर राखिएको उनीहरुको दाबी छ। 

सबैभन्दा पहिला आईफिक्सइट नामक कम्पनीले आईफोन १३ मा रहेको यो समस्या पत्ता लगाएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .