ad ad

प्रविधि


सिंगल्स डेमा अलिबाबाले गर्‍यो अहिलेसम्मकै धेरै व्यापार

सिंगल्स डेमा अलिबाबाले गर्‍यो अहिलेसम्मकै धेरै व्यापार

नेपालखबर
कात्तिक २६, २०७८ शुक्रबार १२:२२, काठमाडौँ

चिनियाँ प्रविधि कम्पनी अलिबाबाले बिहीबार सिंगल्स डेमा एकैदिन ८४ अर्ब ५४ करोड अमेरिकी डलरबराबरको व्यापार गरेको छ।

सिंगल्स डेमा अलिबाबाले गरेको यो सबैभन्दा ठूलो व्यापार हो पछिल्लो समय चिनियाँ नियामकको कारण समस्यामा रहेको अलिबाबाले सिंगल्स डेमा भने राम्रो व्यापार गरेको हो।

सन् २०२० मा अघिल्लो वर्षको तुलनामा अलिबाबाको सिंगल्स डेको व्यापार झण्डै दोब्बर बनेको थियो। यद्यपि यस वर्षको वृद्धिदर भने उल्लेख्य देखिएको छैन। 

अलिबाबाले बिहीबार सिंगल्स डेको व्यापार मेलामा आफ्नो प्लेटफर्ममा २ लाख ९० हजार व्यापारीमध्ये दुई तिहाइ सहभागी हुने बताएको थियो।

यसअघि अमेरिकाको वाल स्ट्रिट जर्नलले अलिबाबा आफ्नो सिंगल्स डेको व्यापारलाई विश्वव्यापीरुपमा विस्तार गर्ने योजनामा रहेको उल्लेख गरेको थियो।

यो कदमबाट उसले अमेरिकी प्रतिस्पर्धी कम्पनी अमेजनलाई चुनौती दिन सक्ने जानकारहरुले बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .