ad ad

प्रविधि


मस्कले आशंका बढाएसँगै १२ प्रतिशत घट्यो टेस्लाको सेयर

मस्कले आशंका बढाएसँगै १२ प्रतिशत घट्यो टेस्लाको सेयर

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार ८:५, काठमाडौँ

एलन मस्कले आफ्नो टेस्लामा रहेको १० प्रतिशत सेयर बिक्री गर्ने संकेत दिएसँगै टेस्लाको सेयरको भाउ १२ प्रतिशतले घटेको छ।

मस्कले ट्वीटरमा आफ्नो १० प्रतिशतको सेयर बिक्री गर्ने वा नगर्ने भन्ने अधिकार प्रयोगकर्तालाई सुम्पिँदै एक पोल राखेका थिए। जसमा प्रयोगकर्ताले बिक्री गर्नको लागि सुझाव दिएका थिए। त्यससँगै टेस्लाको सेयरको भाउ घट्न थालेको हो।

पछिल्लो दुई दिनमा टेस्लाको बजार पुँजीकरण १ खर्ब ७५ अर्ब अमेरिकी डलरले घटिसकेको छ। पछिल्लो १४ महिनामा टेस्लाको सेयरको भाउ दुई दिनमा सबैभन्दा धेरैले घटेको हो। मंगलबार टेस्लाको सेयरको भाउ १२ प्रतिशतले घट्नुअघि सोमबार पनि टेस्लाको सेयर भाउ ४.८ प्रतिशत घटेको थियो।

मस्कले अमेरिकी सरकारले ल्याउन लागेको कानुनअनुसार कर तिर्न टेस्लाको सेयर बेच्नुको विकल्प नरहेको बताएका थिए। विश्लेषकले यसअघि नै टेस्लाको सेयर भाउ हुनुपर्नेभन्दा धेरै भएकाले घट्नुलाई सामान्यरुपमा लिनुपर्ने बताएका छन्। 

टेस्लाको सेयरको भाउ घटेपछि पनि यस वर्षको सुरुवातको तुलनामा ४६ प्रतिशत बढी छ। साथै कम्पनीको बजार पुँजीकरण पनि १० खर्ब डलरभन्दा धेरै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .