ad ad

प्रविधि


तिब्बतमा भूकम्प आउन लागेको सूचना दिने प्रविधि स्थापना

तिब्बतमा भूकम्प आउन लागेको सूचना दिने प्रविधि स्थापना

भूकम्प जनाउने सांकेतिक तस्बिर।


नेपालखबर
कात्तिक २१, २०७८ आइतबार ५:२९, काठमाडौँ

चीनको स्वायत्त प्रदेश तिब्बतमा भूकम्प आउन लागेको जानकारी दिने प्रविधि राखिएको छ। 

तिब्बत प्रान्तीय सरकारका अनुसार हालसम्मको परीक्षणबाट यो प्रविधिले भूकम्प आउनुभन्दा १० सेकेन्डअगाडि नै संकेत दिन्छ। अहिलेलाई यो प्रणाली परीक्षणका रूपमा राखिएको बताइएको छ। 

यो प्रविधिले सूचनाका आधारमा सजगता अपनाउन सकिने प्रान्तीय सरकारका उपप्रमुख चाङ चुनले बताएका छन्। 

गत जुलाई ३० मा थालिएको यो परियोजनामा ४४ लाखभन्दा बढी अमेरिकी डलर लगानी भइसकेको छ। तिब्बतमा मात्रै वर्षमा १ म्याग्नेच्युडभन्दा बढीका २ हजार ९ सयपटक भूकम्प जाने गरेको छ। तीमध्ये ५/६ वटा भूकम्प ५ म्याग्नेच्युडभन्दा बढीका हुने गरेका छन्। 

तिब्बत चीनमा मात्र हाेइन, विश्वमै सबभन्दा धेरै भूकम्प जाने क्षेत्रमध्ये एक हाे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .