ad ad

प्रविधि


नासाले अन्तरिक्षमा पहिलोपटक उमार्‍यो खुर्सानी

नासाले अन्तरिक्षमा  पहिलोपटक  उमार्‍यो खुर्सानी

नेपालखबर
कात्तिक १८, २०७८ बिहिबार ११:२५, काठमाडौँ

अमेरिकाको अन्तरिक्ष अध्ययन संस्था नासाले अन्तरिक्षमा पहिलो पटक खुर्सानी उमार्ने कार्यमा सफलता पाएको छ। 

नासाले आफ्नो अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)मा रोपेको खुर्सानी उम्रिएको बताएको हो। 

नासाका अनुसार आईएसएसमा रोपिएको खुर्सानी अक्टोबर २९ मा टिपिएको हो। सामाजिक सञ्जाल ट्वीटरमा फोटो शेयर गर्दै नासाले अन्तरिक्षमा खुसानी उमारिएको बताएको छ। 

अन्तरिक्षमा यसपटकको प्रयोगमा रातो र हरियो दुई किसिमको खुर्सानी उमारिएको हो।

अन्तरिक्षमा तरकारी उत्पादन गर्ने अध्ययनको लागि आईएसएसमा रहेकी वैज्ञानिक मेगन मेकआर्थरले आईएसएसमा उमारिएको खुसार्नीबाट बनाइएको खानेकुरा पनि शेयर गरेकी छिन्। 

यसअघिको प्रयोगभन्दा यसपटक खुर्सानी उम्रिन लामो समय लागेको थियो। रोपेको चार महिनापछि बल्ल वैज्ञानिकहरुले यसलाई टिपेका हुन्। 

अहिले टिपिएको भन्दै केही खुर्सानी अध्ययनको लागि पृथ्वीमा पठाइएको छ। 

सन् २०१५ यता अन्तरिक्षमा विभिन्न १० प्रकारका बिरुवा उमारिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .