ad ad

प्रविधि


व्यावसायिक स्पेस स्टेसन बनाउने जेफ बेजोसको घोषणा

व्यावसायिक स्पेस स्टेसन बनाउने जेफ बेजोसको घोषणा

नेपालखबर
कात्तिक ९, २०७८ मंगलबार १४:११, काठमाडौँ

अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष पर्यटन कम्पनी ब्लू ओरिजिनले व्यावसायिक स्पेस स्टेसन बनाउने भएको छ।

सोमबार कम्पनीका प्रमुख बेजोसले यो दशकको अन्तिमसम्ममा योजना पूरा हुने विश्वास व्यक्त गरे। यो स्पेस स्टेसनको नाम ‘अर्बाइटल रीफ’ रहनेछ। 

अहिले अघि सारिएको योजनाअनुसार बन्ने स्पेस स्टेसनमा १० जनासम्म मानिस अटाउन सक्छन्। कम्पनीले यसका लागि रिएरा र बोइङ कम्पनीसँग सहकार्य गर्ने बताएको छ। ब्लु ओरिजिनका अनुसार यो स्पेस स्टेसन ३२ हजार वर्गफिटमा बन्नेछ। 

ब्लु ओरिजिनका अनुसार यो स्पेस स्टेसन फिल्म निर्माण तथा अन्य अनुसन्धानका लागि पनि प्रयोग हुन सक्छ। यो स्पेस स्टेसनको अनुमानित लागत खर्चबारे भने खुलाइएको छैन।

यसअघि बेजोसले ब्लु ओरिजिनमा वार्षिक एक अर्ब डलर खर्च गर्ने बताएका थिए।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा)ले अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)को सट्टामा अर्को स्पेस स्टेसन बनाउने तयारी गरिरहेको अवस्थामा बेजोसले यस्तो योजना ल्याएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .