अमेरिकी कार निर्माता टेस्लाका सीईओ एलन मस्कले कम्पनीको ‘फुल सेल्फ ड्राइभिङ (एफएसडी)’मा समस्या देखिएको बताएका छन्।
कम्पनीले यो सफ्टवेयर सार्वजनिक गरेको एक दिन पूरा नहुँदै मस्कले अस्थायीरुपमा यो सफ्टवेयरलाई रोकिएको बताएका हुन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् मस्कले अस्थायीरुपमा यो सफ्टवेयरको प्रयोग रोकिएको बताएका हुन्।
यसअघि नियामकले टेस्लाको चालकलाई सहयोग पुग्ने किसिमको ‘अटोपाइलट’ प्रमालीको सुरक्षाको बारेमा चासो राखेको थियो। यो प्रणालीको प्रयोग गरेका कार दुर्घटनामा परेको समाचारसँगै नियामकले टेस्लामाथिको अनुसन्धान अघि बढाएको थियो।
यस्तोमा टेस्लाले थप आधुनिक र सुरक्षित सफ्टवेयरको रुपमा एफएसडी ल्याएको थियो। यसमा थप स्वचालित फिचर छन्।
यद्यपि एफएसडी सफ्टवेयर प्रयोग गरेको सवारीमा पनि चालक भने चाहिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
एफएसडीमा देखिएको समस्या समाधान गरेपछि केही दिनमा नै यो सफ्टवेयर पुनः सञ्चालनमा आउने मस्कले बताएका छन्।
प्रतिक्रिया