एचएमडी ग्लोबलले एकपटक चार्ज गरेपछि तीन दिनसम्म ब्याट्रि टिक्ने नोकिया सी३० सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार जियोसँगको सहकार्यमा यो स्मार्टफोन भारतमा सार्वजनिक गरिएको हो।
भारतमा यो स्मार्टफोन हरियो र सेतो रङमा उपलब्ध छ। यो फोन ३/३२ र ४/६४ जीबी र्याम/इन्टर्नल स्टोरेजको भेरियन्टसहित उपलब्ध हुनेछ। भारतमा यसको मूल्य ३/३२ जीबी भेरियन्टको लागि ११ हजार भारु र ४/६४ जीबी भेरियन्टको लागि १२ हजार भारु तोकिएको छ।
यो स्मार्टफोनमा ६.८२ इन्चको डिस्प्ले रहेको छ। यसमा ६ हजार एमएएचको ब्याट्रि छ। यो स्मार्टफोनमा १३ मेगापिक्सलको ड्युल क्यामेराको प्रयोग गरिएको छ।
198
Shares
प्रतिक्रिया