फेसबुक र इन्स्टाग्राम शुक्रबार राति फेरि अवरुद्ध (डाउन) भएका छन्। कम्पनीले कम्प्युटिङ प्लेटफर्ममा आएको प्राविधिक गडबडीका कारण दुवै प्लेटफर्म डाउन भएको बताएको छ। यसका कारण प्रयोगकर्ताले समस्या भोग्नुपरेको थियो। पाँच दिनभित्र फेसबुक डाउन भएको यो दोस्रोपटक हो। यसअघि यही अक्टोबर ४ राति फेसबुक, इन्स्टाग्रामका साथै ह्वाट्सएप झन्डै घण्टा अवरुद्ध भएका थिए।
फेसबुकले माफी माग्यो
एक हप्ताभित्रै दोस्रोपटक सेवा अवरुद्ध भएपछि फेसबुकले माफी मागेको छ। फेसबुकले शुक्रबार राति २ः४७ बजे क्षमा याचना गर्दै भन्यो– केही मानिसलाई हाम्रा एप्स र वेबसाइटसम्म पुग्न समस्या भइरहेको छ। तपाईंहरूले हाम्रो सेवा प्रयोग गर्न पाइरहनुभएको छैन भने हामी क्षमाप्रार्थी छौं। हामीलाई थाहा छ– तपाईंहरू एकअर्कासँग कुरा गर्न हामीप्रति कति भर पर्नुहुन्छ। हामीले समस्या समाधान गरेका छौं। यसबेलासम्म धैर्य धारण गरेकामा पुनः धन्यवाद।
फेसबुक र इन्स्टाग्राम नेपाली समयाअनुसार राति १२:११ बजे डाउन भएका थिए। यस क्रममा इन्स्टाग्राम प्रयोगकर्तालाई फिड रिफ्रेस गर्न गाह्रो भइरहेको थियो। साथै फोटो अपलोडमा पनि समस्या देखिएको थियो।
Shares
प्रतिक्रिया