लडाइँ र रक्तपातबिनै विरोधी सेनालाई हराउन सम्भव छ? यदि चीनका रकेट वैज्ञानिकहरुले प्रस्ताव गरेको नयाँ हाइपरसोनिक हतियार बन्ने हो भने यो सम्भव छ।
भयानक विद्युतचुम्बकीय झड्का सिर्जना गर्नसक्ने सो हतियारले सम्पूर्ण सञ्चार सम्पर्क विच्छेद गर्नुका साथै विद्युत आपूर्ति पनि बन्द गरिदिनेछ। जसको मारक क्षमता तीन हजार किलोमिटर हुने बताइएको छ।
आवाजको गतिभन्दा छ गुणा छिटो जाने सो हतियार चीनको पूर्वी किनाराबाट अमेरिकी सैन्य शिविर रहेको गुआममा २५ मिनेटभित्र पुग्न सक्छ।
यो हतियार पृथ्वीको वायुमण्डल भित्रैबाट उडेर जान्छ। जसका कारण अन्तिक्षमा रहेको सिस्टमले सुरुमै चेतावनी दिन सक्दैन। त्यस्तै राडारले पनि देख्न नसक्ने चीनको एकेडेमी अफ लन्च भेइकल टेक्नोलोजीका सुन चेङ नेतृत्वको टोलीले बताएको छ।
र, जहाँ यो हतियार विस्फोट हुन्छ, त्यहाँ कसैको पनि ज्यान जाने जोखिम हुँदैन। बरु सो स्थानमा उत्पन्न हुन विद्युतचुम्बकीय तरंगले दुई किलोमिटर क्षेत्रभित्रको सबै विद्युतीय सामानले जलाइदिन्छ।
यसअघिका विद्युतचुम्बकीय हतियारलाई ‘पल्स इनर्जी’ उत्पन्न गर्न आणविक बमको आवश्यकता पर्थ्यो। त्यसैले ती हतियारको प्रयोग असम्भव बनेको थियो। तर, यो हतियारले रासायनिक विस्फोटक पदार्थ प्रयोग गर्ने सो टोलीले बताएको छ।
यो हतियार अहिले अवधारणाकै चरणमा रहेको अध्येताहरुले बताएका छन्। यद्यपि, चीनको नयाँ पुस्ताको हतियार प्रणालीमा यो हतियारले आधारभूत भूमिका खेल्ने उनीहरुको भनाइ छ।
यसबारे सुन र उनको टोलीले यही महिना ट्याक्टिकल मिसाइल टेक्नोलोजी नामक जर्नलमा खोज प्रकाशित गरेका छन्। एससीएमपी
Shares
प्रतिक्रिया