दक्षिण कोरियाको प्रतिस्पर्धासम्बन्धी वाचडगले गुगललाई १७ करोड ७० लाख अमेरिकी डलर जरिवाना गर्ने भएको छ ।
बीबीसीका अनुसार सामसङजस्ता स्मार्टफोन निर्मातालाई अन्य अपरेटिङ सिस्टम प्रयोग गर्न ब्लक गरेको भन्दै उक्त जरिवाना गर्न लागिएको हो ।
यससम्बन्धी जरिवाना अहिलेसम्मकै ठूलो भएको बताइएको छ।
गुगलले भने जरिवानाविरुद्ध कानुन लडाइँ लड्ने बताएको छ । उसले आफ्नो सफ्टवेयर पेलिसीले हार्डवेयर साझेदार र उपभोक्तालाई फाइदा पुगेको दाबी गर्दै त्यसतर्फ दक्षिण कोरियाली सरकारी अधिकारीले ध्यान नदिएको बताएको छ।
दक्षिण कोरियाले मंगलबार जरिवानाको घोषणा गरेको हो ।
त्यहाँको दूरसञ्चार ऐन संशोधन हुँदै गर्दा गुगलविरुद्ध जरिवानाको तयारी भएको हो । संशोधित ऐनले गुगल र एप्पलजस्ता कम्पनीलाई उनीहरुको इन एप पर्चेसिङ सिस्टम किन्नबाट रोक लगाउँछ । दक्षिण कोरियाको यस्तो अभ्यास हालसम्मकै पहिलो भएको बताइएको छ ।
दक्षिण कोरियाले विदेशी प्रविधिमाथि कडा निगरानी गर्दै आएको छ । पछिल्ला वर्षमा गुगल र एप्पल निशानामा पर्दै आएका छन् ।
Shares
प्रतिक्रिया