उत्तर कोरियाले आफूले नयाँ किसिमको क्रुज मिसाइलको सफल परीक्षण गरेको बताएको छ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार र आइतबार दुईवटा मिसाइल प्रक्षेपण गरिएको हो।
जसले १५ सय किलोमिटरभन्दा बढी दूरीमा मार हान्न सक्ने दाबी गरिएको छ।
यसअघि उत्तर कोरियाले पछिल्लोपटक गत जनवरीमा क्रुज मिसाइलको परीक्षण थियो, जतिबेला अमेरिकामा जो बाइडेनले राष्ट्रपति पदको शपथ लिएका थिए।
उत्तर कोरियाले आफ्नो ब्यालेस्टिक मिसाइल र पमारणु कार्यक्रमका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ।
मिसाइल परीक्षणको यो नयाँ घटना त्यस्तो बेला सार्वजनिक भएको हो, जतिबेला अमेरिका, जापान र दक्षिण कोरिया लामो समयदेखि उत्तर कोरियासँग जारी उतार–चढावपूर्ण कूटनीतिक सम्बन्धबारे टोक्योमा छलफल गर्न लाग्दै छन्।
195
Shares
प्रतिक्रिया