बेलायत र अमेरिकामा मानिसहरु युट्युबभन्दा धेरै टिकटकमा समय खर्चिरहेको एक नयाँ रिपोर्टले देखाएको छ ।
एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीले संकलन गरेको तथ्यांकअनुसार औसत युट्युब र टिकटक हेर्ने मानिसहरुमध्ये धेरैले टिकटकमा समय बिताएको पाइएको हो ।
उक्त कम्पनीले टिकटक लोकप्रिय भइरहेको जनाएको छ । कुल हेर्ने समयमा भने युट्युब नै लोकप्रिय रहेको छ ।
गुगलको स्वामित्वमा रहेको युट्युबका अनुमानित दुई अर्ब मासिक प्रयोगकर्ता छन् भने टिकटकका सन् २०२० को मध्यसम्म ७० करोड प्रयोगकर्ता रहेका थिए । एप एन्नीले एन्ड्रोइड फोनलाई मात्र आधार मानेर यस्तो तुलना गरेको हो ।
उक्त तुलना बेलायत र अमेरिकाको मात्र हो, टिकटकको धेरै प्रयोगकर्ता रहेको चीन यसमा समावेश नभएको बताइएको छ ।
15
Shares
प्रतिक्रिया