सामाजिक सञ्जाल कम्पनी ट्विटरले अब तथ्य बंग्याउने किसिमका पोस्टहरुलाई रिपोर्ट गर्न पाउने सुविधा ल्याउने भएको छ ।
बीबीसीका अनुसार धेरैजसो ठूला सामाजिक सञ्जालले महामारीका समयमा गलत र तथ्य बंग्याइएका सूचना प्रवाहित गरिरहेको आरोप लागिरहेका बेला ट्विटरले रिपोर्ट बटन थप्न लागेको हो ।
त्यस्ता पोस्ट रिपोर्ट गर्न अहिलेसम्म कुनै सुविधा ट्विटरमा छैन । कम्पनीले नयाँ फिचर परीक्षणका रुपमा ल्याउन लागेको जनाएको छ ।
यो सुविधा सुरुमा केही देशमा मात्रै दिइनेछ । ट्विटरका अनुसार अस्ट्रेलिया, दक्षिण कोरिया र अमेरिकाका ‘केही मानिस’ले ‘इट्स मिस्लिडिङ’ अप्सन देख्न पाउनेछन् ।
12
Shares
प्रतिक्रिया