ad ad

प्रविधि


अनलाईन गेमलाई ‘लागुपदार्थ’ भनिएपछि चिनियाँ गेमिङ कम्पनीको सेयरमा गिरावट

अनलाईन गेमलाई ‘लागुपदार्थ’ भनिएपछि चिनियाँ गेमिङ कम्पनीको सेयरमा गिरावट

(फाइल तस्बिर)


नेपालखबर
साउन १९, २०७८ मंगलबार १३:५९, काठमाडौँ

कोरोना भाइरसका कारण लकडाउनजस्ता प्रतिबन्धात्मक नियम लागू हुँदा विश्वभर अनलाईन भिडिओ गेमले लोकप्रियता पाएको छ।

अनलाईन भिडिओ गेमको लत लाग्दा कतिपय बालबालिकाको आँखाको ज्योति कमजोर भएको र केहीमा मानसिक समस्या देखिएको भनेर समाचारहरु आएका छन्।

यसबीचमा चिनियाँ संचारमाध्यमहरुले यस्ता अनलाईन गेमलाई ‘विद्युतीय लागुपदार्थ’को संज्ञा दिएपछि अनलाइन गेमिङ कम्पनीको सेयरमा गिरावट आएको बीबीसीले जनाएको छ।

हङकङको सेयर बजारमा भएको कारोबारमा टेन्सेन्ट र नेटईज कम्पनीको सेयरको मूल्य १०५ भन्दा बढीले घटेको बताइएको छ। यद्यपी उनीहरुको मूल्यमा केही सुधार आइसकेको छ।

बेइजिङले प्रविधि कम्पनीहरूमाथि कारबाही गर्ने गरेको हुँदा धेरै लगानीकर्तामा चिन्ता बढेको पाइन्छ। केही महिनादेखि चीन सरकारले प्रविधि तथा निजी शैक्षिक उद्योगलाई कडिकडाउ गर्न विभिन्न उपायहरू घोषणा गरेको छ।

राज्यद्वारा प्रकाशित इकोनमिक इन्फर्मेशन डेलीमा आएको एउटा सामग्रीमा किशोरकिशोरी अनलाइन गेमको दुर्व्यसनी बनेका र त्यसबाट उनीहरूमा नराम्रो प्रभाव परेको उल्लेख छ।

टेन्सेन्टको लोकप्रिय गेम ‘अनर अफ किङ्सू’लाई इङ्गित गर्दै उक्त आलेखमा विद्यार्थीहरूले दैनिक आठ घण्टा उक्त गेम खेल्ने गरेको उल्लेख गरेको छ। त्यसमा अनलाइन गेम उद्योगमाथि नियन्त्रण गर्नुपर्ने आग्रह गरिएको छ।

‘एउटा पुस्तालाई विनाश गर्ने किसिमको कुनै उद्योग वा खेललाई अनुमति दिनु हुँदैन,’ उक्त आलेखले अनलाइन गेमलाई ‘आध्यात्मिक अफिम’ पनि भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .