अनलाईन गेम पब्जीको पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल पीएमडब्लूआई प्रतियोगिताबाट नेपालको डीआरएस गेमिङले ७७ लाख ९७ हजार रुपैयाँ पुरस्कार हात पारेको छ।
१६ टिम सम्मिलित प्रतियोगितामा डीआरएस आठौं स्थानमा आउन सफल भएको हो। २० खेलमा डीआरएसले २ चिकेन डिनर र ७३ किलसहित १४४ अंक बनाएको थियो।
डीआरएसले यस प्रतियोगिताबाट जितेको रकम दान दिने फेसबुकमार्फत् जनाएको छ।
यस प्रतियोगितामा भाल्डस स्पोर्ट्स पहिलो हुँदा नाटस भिन्सेरा दोस्रो र डी जेभिर तेस्रो स्थानमा आउन सफल भयो।
300
Shares
प्रतिक्रिया