चीनले विश्वमा सबैभन्दा तीव्र गतिमा कुद्ने रेल सार्वजनिक गरेको छ।
चीनले म्यागलेभ रेल सार्वजनिक गरेको हो। यो प्रतिघण्टा ६ सय किलोमिटरसम्म कुद्नसक्ने सिन्ह्वाले जनाएको छ।
सान्दोङ प्रान्तको चिङदाओको रेल स्टेसनमा यो रेल मंगलबार सार्वजनिक गरिएको हो।
(भिडिओ)
चाइना रेलवे रोलिङ स्टक कर्पोरेसनका अनुसार चीन आफैंले यो रेल विकास गर्न सफल भएको हो।
प्रविधिको क्षेत्रमा चीन निकै अब्बल भइरहँदा उसले विश्वमा सबैभन्दा तीव्र गतिमा कुद्ने रेल बनाएको हो।
चुम्बकीय प्रणाली र विद्युतीय उर्जाबाट चल्ने यो रेलले यातायात क्षेत्रमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।
621
Shares
प्रतिक्रिया