लोकप्रिय म्यासेन्जिङ एप ह्वाट्सएपले एउटा नयाँ फिचर परीक्षण गरिरहेको छ।
बीबीसीका अनुसार यो फिचरअनुसार तपाइँसँग फोन नभएता पनि तपाइँले वाट्सएप चलाउन सक्नुहुनेछ र म्यासेज पठाउन सक्नुहुनेछ।
हाल ह्वाट्सएप मोइबालमा मात्र चलाउन सकिन्छ। यतिबेला वाट्सएपको डेक्सटप भर्सन परीक्षण भइरहेको हो।
जसका लागि तपाइँले आफ्नो स्मार्टफोन कम्प्युटरमा कनेक्ट गर्नुपर्नेछ। मोबाइलको ब्याट्री सकिएको बेलामा र स्मार्टफोन हराएको खण्डमा यो डेक्सटप वाट्सएप म्यासेन्जिङको लागि प्रभावकारी हुनेछ।
कम्पनीका अनुसार वाट्सएप एकपटकमा स्मार्टफोन, कम्प्युटर, ट्याबलेटबाट पनि प्रयोग गर्न सकिनेछ।
102
Shares
प्रतिक्रिया